हेटौँडा, यही बैशाख २६ र २७ गते नेपाल मोबाइल व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ । महासंघको चौथो केन्द्रीय साधारणसभा हेटौंडामा हुन लागेको मोबाइल एसोसिएसन अफ मकवानपुरले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिईएको हो।
हेटौडामा हुने दुईदिने साधारण सभामा व्यवसायीका समस्या र मुद्धामा बृहत छलफल हुने र सभामा आगामी योजनाका सन्दर्भमा समेत व्यापक छलफल हुने केन्द्रीय उपाध्यक्ष एंव भेला संयोजक छतेन्द्र आचार्यले बताए । दुई हुने कार्यक्रममा २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ, सभामा ६० जिल्ला, सात प्रदेश, केन्द्रीय समिति र मकवानपुरका गरी एक हजार व्यवसायीहरुको सहभागिता रहने आचार्यले जनाए । सभालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने तय रहेको उपाध्यक्ष आचार्यले बताए ।
सभालाई विभिन्न ब्राण्डका कम्पनीहरुले प्रायोजन गर्नेछन् भने सभाका लागि विभिन्न ९ वटा उपसमिति गठन गरि तयारीलाई तीव्र बनाइएको उनले बताए । पत्रकार सम्मलेनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, महासंघ बागमती प्रदेश अध्यक्ष एसिस रिजाल, मधेश प्रदेश अध्यक्ष मोहन कार्की, म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेलगायत सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।







