बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत पाएका छन् । पहिलो पटक मुख्यमन्त्री बनेका उनले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

ADVERTISEMENT

मुख्यमन्त्री लामाले मागेको विश्वासको मतको पक्षमा ६४ जना र विपक्षमा ३५ जना प्रदेश सभाका सदस्यले मतदान गरेका थिए । १०३ जना सहभागी प्रदेश सभामा ३ जनाले भने कुनै पनि पक्षमा मतदान गरेनन् ।

बैठकमा सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रदेश सभाको बहुमत भएको घोषणा गरे ।
गत साउन ८ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा लामालाई नियुक्त गरेका हुन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya