हेटौंडा/यही २४ देखि काठमाडौंमा हुन लागेको सातौं एनभिए क्लव भलिबल प्रतियोगितामा सहभागिता जनाउन लागेको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बागमती प्रदेशबाट खेलाडी छनौट गरेको छ । हेटौंडामा छनौट खेलको आयोजना गरी पुरुषतर्फ १२ जना खेलाडी छनौट गरेको हो । प्रतियोगिताको लागि बागमती प्रदेशबाट १२ खेलाडी छनौट भएका छन् ।
छनौट भएका खेलाडीमा विशाल विश्वकर्मा, निश्चल काउचा, नविन महतो, विवेक तामाङ, सुजल चौहान, निकेश महतो, विवेकध्वज कार्की, सुरेन्द्र गोले, मन्जिल गुरुङ, बुद्धिकृष्ण दंगाल, निश्चल राना मगर र रुपेश बस्नेत रहेका छन् । मकवानपुरबाट ४ जना खेलाडी छनौटमा गरेका छन् । १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उनीहरु केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानबाट प्रतियोगितामा सहभागी हुनेछन् ।
यस्तै महिलातर्फको छनौट भने काभ्रेमा भएको छ । महिलातर्फ मकवानपुरका ३ खेलाडी छनौट भएका छन् । महिला खेलाडी भने श्रीकृष्ण एसएस भलिबल क्लवबाट सहभागी हुनेछन् । महिलातर्फ सूचना तामाङ, सरिता सार्की, मार्साङ लामा, रजिना श्रेष्ठ, सलिना मिजार, सुनिता वाइबा, रोजिना स्याङ्तान, रेखा श्रेष्ठ, एलिना नेपाल, पिंकी तामाङ, सविना लामा र सञ्चमाया तामाङ रहेका छन् ।






