मकवानपुरगढीमा च्याउ खाँदा बाबुछोरा बिरामी

हेटौँडा, मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ ओकरेमा च्याउ खाँदा बाबुछोरा बिरामी भएका छन् ।

ADVERTISEMENT


मकवानपुरगढी गाउँपालिका–८ ओकरे बस्ने वर्ष ६१ को वीरबहादुर तितुङ र निजका आठ वर्षीय छोरा वसन्त तितुङ च्याउ खाएर बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।


आफ्नै घर नजिकै रहेको बारीमा उम्रेको च्याउ शनिबार खाइ बिरामी भएका उनीहरुको सन्चो अस्पताल मकवानपुर उपचार भएको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *