हिमालयन शेर्पा अन्तिम आठमा प्रवेश

हेटौंडा, हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम आठमा हिमालयन शेर्पा प्रवेश गरेको छ ।

ADVERTISEMENT

मंगलबार भएको खेलमा बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । शेर्पाले बागमतीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि यमिले ३७ र निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरेको थिए । बागमतीको तर्फबाट सनम धिमालले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।

बुधबार एभिनीएर एफसी र वीरगंज युथ एकेडेमीबीच खेल हुनेछ ।सातवटा ए डिभिजन, एउटा विदेशी तथा ४ वटा मोफसलका गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैया“ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya