सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा विविध कार्यक्रम

हेटौँडा, हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विविध शैक्षिक, स्वास्थ्य, सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयको शैक्षिक, सांस्कृतिक र सामाजिक यात्रालाई स्मरण गर्ने उद्देश्यले आयोजना गरिएको स्वर्ण महोत्सव २०७२ पौष २४ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।

ADVERTISEMENT

महोत्सव अन्तर्गत पौष २४ र २५ गते आँखा शिविर, पौष २८ गते दन्त शिविर, माघ २ गते विद्यालय हाता सरसफाइ तथा रङ्गरोगन, तथा माघ ३ गते रक्तदान कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको छ। त्यसैगरी माघ ४ गते बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा समुद्घाटन, स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ।

माघ ५ गते बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा पूर्व विद्यार्थी भेला तथा विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन हुनेछ। त्यसैगरी माघ ६ गते हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ।

ADVERTISEMENT

महोत्सवको समापनअघि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा विद्यालयको वृहत् सांस्कृतिक कार्यक्रम तथा शैक्षिक तथा खेलकुद पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिनेछ।

स्वर्ण महोत्सवको समापन तथा सम्मान कार्यक्रम माघ ८ गते हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा आयोजना हुने स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए। स्वर्ण महोत्सव मूल समारोह समितिले सम्पूर्ण अभिभावक, पूर्व विद्यार्थी, शुभेच्छुक तथा स्थानीय समुदायलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *