स्वास्थ्य क्षेत्रको शिक्षा महङ्गो: मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्वास्थ्य क्षेत्रको शिक्षा महङ्गो भएकोले प्रदेश सरकारले नीतिगत निर्णय लिने बताएका छन् ।

मङ्गलबार आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेल भने –‘स्वास्थ्य क्षेत्रमा स्टाप नर्स पढ्न निकै महङ्गो भएकोले पढ्नको लागि विदेश पलायन भएका छन् । स्टाफ नर्स पढ्नको लागि प्रदेश सरकारले शुल्क निर्धारण गर्ने छ । शुल्क निर्धारण भन्दा बढी महङ्गो लिन पाइदैन ।’

‘पछिल्लो जनगणनाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी मानिस कृषि पेशामा निर्भर रहेका छन् । कृषि शिक्षा पढेका विद्यार्थीले कृषि क्षेत्रको बारेमा थाहा छैन ।’ मन्त्री जम्कट्टेल भने –‘शिक्षा क्षेत्रमा धेरै बहस भएका छन् । तर पाठ्यक्रममा त्रुटी छ ।’ अरु प्रदेशको तुलनामा बागमती प्रदेशको शिक्षा क्षेत्रले निकै फ्डको मारेको उनको ठम्याई रहेको थियो । सीप र क्षेमता भएका जनशक्ति विदेशीयता पनि कुनै समस्या नपर्ने भएकोले गर्दा उनीहरुको सीपको परीक्षण गरेर मात्र विदेश पठाउनु पर्ने उनको भनाइ रहेको थियो ।

यसैगरी बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सम्मानले शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने भएकोले राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरेको बताइन् ।

समाज सुधार गर्नका लागि पहिलो व्यक्ति शिक्षक भएकाले उसले राम्रो शिक्षा दिन जरुरी रहेको मन्त्री मोक्तानले बताइन् । प्रदेश सरकारले माध्यमिक बिद्यालय स्तरको शिक्षा सुधार गर्नका लागि लगानी गरिरहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button