जनसेवक सहकारीकाे अध्यक्षमा दिर्घ नारायण भट्टराई चयन

हेटौंडा, हेटौंडा-४ मा रहेकाे जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घ नारायण भट्टराई चयन हुनुभएको छ । अाज भएको सहकारीको १८औँ साधारण सभा तथा अधिवेशनबाट भट्टराईकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा जयराम धिताल, सचिवमा मैयादेवी लामा र कोषाध्यक्षमा हरि खड्का चयन हुनुभएको छ। यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा कृतिका आचार्य, ध्रुव प्रसाद लामिछाने, दीपा बुढाथोकी, मनोज सुवेदी र विनोद चौलागाईं रहेका छन् ।

अधिवेशनले संजय कुमार न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा अमर लामा र सृजना रिमाल रहेकी छन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नौ सदस्यीय कार्यसमिति चयन गरेको हो।
सभामा संस्थाका अध्यक्ष बसन्त राज गौतमले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya