हेटौंडा, प्यान्टम प्रिन्टर तथा फोटोकपी मेशिनको निःशुल्क सर्भिस क्याम्प विहीबारबाट हेटौंडामा शुरू भएको छ । प्यान्टम नेपाल हेटौंडाका लागि आधिकारीक विक्रेता स्टार कम्प्यूटर सिस्टमको आयोजना, प्यान्टम नेपाल प्रालि तथा क्यान महासंघ मकवानपुर शाखाको सहकार्यमा विहीबारबाट हेटौंडामा निःशुल्क सर्भिस क्याम्प शुरू भएको हो ।

हेटौंडाको बुद्धचोकमा सञ्चालन भएको सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्करुपमा प्रिन्ट सर्भिस र पुरानो भ्यालुएसन गराएर नयाँ प्रिन्टिङ मेशिन साट्ने सुविधाको व्यवस्था मिलाइएको स्टार कम्प्यूटर सिस्टमका सञ्चालक शिव श्रेष्ठले बताए । आफूले बिक्री गरेको सामानहरुबाट आफ्नो ग्राहकहरुलाई पनि सेवा सुविधा दिने उद्देश्यले निःशुल्क सर्भिस क्याम्पको आयोजना गरेको उनले बताए ।
क्याम्पको पहिलो दिन दुई जना ग्राहकले प्रिन्टर एक्सचेन्ज गर्नुका साथै ७ जना ग्राकहरुले सेवा लिएको उनले जानकारी दिए । चैत १० गतेसम्म सञ्चालन हुने क्याम्पमा कुनै पनि कम्पनीको प्रिन्टर निःशुल्क सर्भिस गर्नुका साथै स्पेयर पार्टसमा १५ प्रतिशत तथा नयाँ प्रिन्टर लिँदा २५ प्रतिशत सम्म छुट पाउन सकिने छ ।