बागमती कांग्रेस संसदीय दलको बैठक स्थगित, मंगलबार बिहान बस्ने

हेटौँडा, कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक स्थगित गरिएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि सारिएको मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिएका छन्।

ADVERTISEMENT

बैठक स्थगित हुनुको कारण लामासँग कांग्रेस केन्द्रले विवाद समाधानका लागि तोकेको नेता राजन केसीबीच भएको छलफल रहेको बताइएको छ। छलफलपछि सहमतिमा पुग्दै बैठक एक दिनका लागि सारिएको हो।

बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावको पक्ष–विपक्षमा सांसदहरूको हस्ताक्षर सनाखत गर्ने तयारी छ। तर, सोमबार बैठक बसेमा आफ्ना केही सांसदहरू उपस्थित नहुने भन्दै लामाले बैठक सार्न आग्रह गरेका थिए।

गत शुक्रबार बागमती प्रदेश सभामा मुख्यमन्त्री लामाविरुद्ध २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि प्रदेशको राजनीतिक वातावरण चर्किएको छ। लामाविरुद्ध कांग्रेसकै अर्का नेता इन्द्र बानियाले नेतृत्वमा असफल भएको आरोप लगाउँदै चुनौती दिँदै आएका छन्।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *