जनसेवक सहकारीको १७औँ स्थापना दिवस, १७ जना नयाँ सेयर सदस्यलाई स्वागत

हेटौंडा, जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेड, हेटौंडा–४ को १७औँ स्थापना दिवस सोमबार हेटौँडामा मनाईएको छ । हालै संस्थामा आबद्ध १७ जना नयाँ सेयर सदस्यलाई औपचारिक रूपमा स्वागत गर्दै सेयर प्रमाणपत्र प्रदान गरिएको छ। संस्थाका अध्यक्ष बसन्तराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका लामिछानेले संस्थाको निरन्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नयाँ सेयर सदस्यहरूलाई प्रमुख अतिथि लामिछानेले प्रमाणपत्र वितरण तथा खादा ओढाएर सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गौतमले सहकारीको विगतदेखि हालसम्मको गतिविधि तथा वित्तीय अवस्था बारे संक्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकुमार बिष्टले उपस्थित अतिथि एवं सदस्यहरूलाई स्वागत गर्नुभयो।

९६१ जना सेयर सदस्य आबद्ध रहेको सहकारीको कुल पूँजी ७ करोड २० लाख रुपैयाँ रहेकोमा १ करोड २० लाख सेयर पूँजी, ५ करोड ३ लाख बचत तथा ५ करोड ६३ लाख ऋण लगानीमा परिचालन गरिएको सहकारीका व्यवस्थापक राजकुमार चौलागाईले जानकारी दिए । सहकारीले हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट र रिद्धि सिद्धि सिमेन्टसँग समेत व्यवसायिक साझेदारी गर्दै आएको छ। कार्यक्रममा सञ्चालक समिति सदस्यहरू जय राम धिताल (कोषाध्यक्ष), भरतकुमार भण्डारी, कृतिका आचार्य, केशवराज कार्की, सल्लाहकार तथा निवर्तमान अध्यक्ष महेशकुमार सिग्देल, र स्वास्थ्य समिति सदस्य बिदुरप्रसाद लामिछानेको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya