हेटौंडा, जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेड, हेटौंडा–४ को १७औँ स्थापना दिवस सोमबार हेटौँडामा मनाईएको छ । हालै संस्थामा आबद्ध १७ जना नयाँ सेयर सदस्यलाई औपचारिक रूपमा स्वागत गर्दै सेयर प्रमाणपत्र प्रदान गरिएको छ। संस्थाका अध्यक्ष बसन्तराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका लामिछानेले संस्थाको निरन्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नयाँ सेयर सदस्यहरूलाई प्रमुख अतिथि लामिछानेले प्रमाणपत्र वितरण तथा खादा ओढाएर सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गौतमले सहकारीको विगतदेखि हालसम्मको गतिविधि तथा वित्तीय अवस्था बारे संक्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकुमार बिष्टले उपस्थित अतिथि एवं सदस्यहरूलाई स्वागत गर्नुभयो।
९६१ जना सेयर सदस्य आबद्ध रहेको सहकारीको कुल पूँजी ७ करोड २० लाख रुपैयाँ रहेकोमा १ करोड २० लाख सेयर पूँजी, ५ करोड ३ लाख बचत तथा ५ करोड ६३ लाख ऋण लगानीमा परिचालन गरिएको सहकारीका व्यवस्थापक राजकुमार चौलागाईले जानकारी दिए । सहकारीले हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट र रिद्धि सिद्धि सिमेन्टसँग समेत व्यवसायिक साझेदारी गर्दै आएको छ। कार्यक्रममा सञ्चालक समिति सदस्यहरू जय राम धिताल (कोषाध्यक्ष), भरतकुमार भण्डारी, कृतिका आचार्य, केशवराज कार्की, सल्लाहकार तथा निवर्तमान अध्यक्ष महेशकुमार सिग्देल, र स्वास्थ्य समिति सदस्य बिदुरप्रसाद लामिछानेको उपस्थिति रहेको थियो।







