कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई नारायणी कलेजको अभिमुखीकरण कार्यक्रम

हेटौँडा, हेटौँडा १० मा रहेको नारायणी कलेज कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई लक्षित गरी कलेजले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। कलेजका प्रिन्सिपल रघुनाथ खरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई कलेजको नियम, आचारसंहिता तथा शैक्षिक मर्यादाबारे जानकारी प्रदान गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा नेपाली विषयका सुपरिवेक्षक कमल नेपालले विद्यार्थीले पालना गर्नुपर्ने अनुशासन, उत्तरदायित्व र कलेजको शैक्षिक वातावरणबारे प्रस्तुति दिनु भएको थियो । कमल नेपालले प्रस्तुत गर्नु भएको कलेजको ‘कोड अफ कन्डक्ट’ प्रस्तुतिमा प्राविधिक सहयोग साईन्स कोअर्डिनेटर प्रतिभा बुढाथोकिले गर्नु भएको थियो। कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट प्रमुख जयराम कार्कीले विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गर्नुका साथै होटल म्यानेजमेन्टको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमलाई थप आकर्षक बनाउन जादुगर बलराम गिरी सरकारले मनोरञ्जनात्मक जादु प्रस्तुत गरेका थिए। कक्षा ११ मा विज्ञान संकायमा ७० जना र व्यवस्थापन संकायमा २३० जना गरी कुल ३०० जना विद्यार्थी नारायणी कलेजमा भर्ना भएको प्रिन्सिपल खरालले जानकारी दिए ।

ADVERTISEMENT

विगत वर्षझै यसवर्ष पनि साउन १५ गते भर्ना भएका विद्यार्थीलाई खिर खुवाउने परम्परा कायम राखेको छ। कक्षा ११ को नियमित पठनपाठन साउन १६ गतेदेखि सुरु हुने कलेजले जनाएको छ। कार्यक्रममा कलेजकाअङ्ग्रेजी शिक्षिका पुष्पा भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कक्षा ११/१२ का सामाजिक शिक्षक सन्दिप न्यौपानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा कक्षा ११ र १२ का नेपाली शिक्षक आयुस्मा लम्साल र लेखापाल सुजा श्रेष्ठले अतिथिहरूलाई माला तथा खादा लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रममा कक्षा ११ र १२ मा अध्यापन गराउनु हुने सम्पूर्ण शिक्षकहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya