सिटिजन लाईफ ईन्स्योरेन्सको रक्तदान कार्यक्रम

हेटौंडा, सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको ५औं वार्षिकोत्सबको अवसरमा हेटौंडा–१६, चिसापानीमा रक्तदान कार्यक्रम भएको छ। कोभिड र डेंगु जस्तो महामारिले देशभरि नै रगतको अभाव भइरहेकोले अवस्थामा कम्पनीले नै प्राथमिकतामा राखी अधिकतम स्थानमा रक्तदान कार्यक्रम राखिएको हेटौंडा शाखा प्रमुख राधेश्याम आचार्यले बताए ।

ADVERTISEMENT

क्षेत्रीय प्रवन्धक शिव कुमार कार्कीले ब्लड व्याग हस्तान्तरण गरि शुरु भएको कार्यक्रममा रक्त संचार हेटौंडाको प्राविधिक सहयोग तथा एजेन्सी मेनेजर प्रेम प्रसाद लामिछानेको संयोजकमा ४२ जना रक्तदाताले रक्तदान गरेका थिए । त्यसैगरी शाखा कार्यालय बज्रवाराहिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन ।

सिटिजन लाईफले आफ्नो वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । असोज ३१ गतेदेखी कार्तिक ६ गते सम्म रहने सप्ताहव्यापी कार्यक्रममा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वृद्ध वृद्धालाई भोजन, मन्दिर लगायत सार्वजनिक स्थानमा सरसफाई, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम गरिरहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *