हेटौँडा अटोमोबाइल्स एशोसिएसनका व्यवसायीलाई कर शिक्षा

हेटौँडा, हेटौँडा अटोमोबाइल्स एशोसिएसनको आयोजनामा एशोसिएसनमा आबद्ध व्यवसायीहरूलाई लक्षित गरी कर शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम आज हेटौँडामा भएको छ।

ADVERTISEMENT

आन्तरिक राजस्व कार्यालय हेटौँडाका कर अधिकृत कमलप्रसाद अर्यालले नयाँ आर्थिक वर्षमा लागू भएका कर नीति तथा प्रणालीबारेमा सहजीकरण गर्नु भएको थियो । हेटौँडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कर अधिकृत युक्तराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

नयाँ आर्थिक वर्षमा लागू भएका कर नीतिबारे सदस्यहरूलाई अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिनु भयो । कार्यक्रममा एशोसिएसनमा आबद्ध करिब ४० जना व्यवसायी सदस्यहरूको सहभागिता रहेको थियो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *