बागमती प्रदेश सरकारद्वारा १० महिनामा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

हेटौँडा, बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ ।

ADVERTISEMENT

घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर शीर्षकसहित बाँडफाँटबाट आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख महिनासम्ममा २० अर्ब एक करोड तीन लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १० महिनाको अवधिमा सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको छ । यस्तै, चालु आर्थिक वर्षको समीक्षा अवधिमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट तीन अर्ब २४ करोड ५२ लाख ४१ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको अधिकृत सञ्ज्यालको भनाइ छ । (स्रोतः रासस)

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *