ज्योति न्यौपानेको नेतृत्वमा नेपाली भाषाशिक्षक समिति मकवानपुर

हेटौँडा, नेपाली भाषाशिक्षक समिति मकवानपुरको अध्यक्षमा ज्योति न्यौपाने चयन भएका छन्। शनिबार भएको अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा माधवप्रसाद गौतम र महिला उपाध्यक्षमा सुशीला चौलागाइँ, सचिवमा डिबी बर्तौला, सहसचिवमा उपेन्द्र राना मगर, कोषाध्यक्षमा कमल नेपाल चयन भएका छन्।

ADVERTISEMENT

यसैगरी सदस्यमा केशव न्यौपाने, प्रेमबहादुर बोम्जन, नेत्रकुमारी मैनाली, मलिना गौतम, विष्णुमाया नगरकोटी, सुन्दर लुइँटेल र अनल आचार्य निर्वाचित भएका छन्। साधारणसभाको अवसरमा समितिले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा नेपाली विषयमा ४ जीपीए हासिल गर्ने ७३ विद्यार्थी र २८ शिक्षकलाई सम्मान गरेको छ। सम्मानितमध्ये सामुदायिक विद्यालयका ३३ विद्यार्थी र १७ शिक्षक तथा संस्थागत विद्यालयका ४० विद्यार्थी र ११ शिक्षक रहेका छन्।

समितिका निवर्तमान अध्यक्ष केशवप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रीबहादुर पाठक प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सल्लाहकार रमेशमोहन अधिकारी, ध्रुवकुमार भुजेल, विष्णुप्रसाद गौतम, माधवप्रसाद खतिवडा, सागरप्रसाद खतिवडा, सामाजिक विज्ञान शिक्षक समाजका अध्यक्ष भोगेन्द्र लुईटेल, गणित विषय शिक्षक समूहका अध्यक्ष धनिकलाल साहलगायतको आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *