वासुदेव–भानु स्मृति साहित्य सम्मानबाट श्याम बानियाँ सम्मानित

हेटौँडा, बासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले साहित्यकार श्याम कुमार बानियाँलाई सम्मान गरेको छ । आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा मकवानपुरगढी गाउँपालिका–३ भानु माविमा आयोजित बासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८२ बाट बानियाँलाई सम्मान गरेको हो ।

ADVERTISEMENT

बानियाँलाई सम्मानपत्रका साथ नगद १५ हजार एक रुपैयाँ प्रदान गरिएको थियो । नेपाली साहित्यका विविध विधाका साथै विशेषतः छन्द कविता लेखन, गीत लेखन लगायतका क्षेत्रमा पुर्याउनु भएको योगदानको मूल्याङ्कन गर्दै बानियाँलाई सम्मान गरेको हो । यसअघि यो सम्मानबाट दीपक गौतम, रामचन्द्र आचार्य (फुर्सदी), पुुरुषोत्तम आचार्य, प्रभा भट्टराई, श्यामकुमार बानियाँ, नरेन्द्र परासर, मुुना अर्याल, निमेष निखिल, जनार्दन खनाल, ठाकुुर शर्मा र सुनिल गौतम सम्मानित भईसकेका छन् ।

प्रतिष्ठानका कोषाध्यक्ष अञ्जना उपाध्याय रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार डा. निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो । विद्यालय प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्र्यापण गरिएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *