अस्पताललाई सबै लायन्सहरुले अपनत्व लिनुपर्ने

हेटौंडा, लायन्स क्लब अफ हेटौंडाको निर्माणाधिन अस्पताललाई बिश्वभरका लायन्सहरुले अपनत्व लिनुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

लायन्स क्लब अफ हेटौंडाको आयोजनामा भएको डिजि क्लब भिजिट कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनल ३२५ एसका डिष्ट्रिक डाईरेक्टर बिनय बस्नेतले यस्तो आग्रह गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बस्नेतले ४८ बर्ष पुरानो क्बलले निकै पछि भएपनि एउटा उदाहरणीय काम गर्न सफल भएकोमा खुशी ब्यक्त गरे ।

यो एलसी हेटौंडाले सुरुवात गरेको भएता पनि यसलाई पुर्णता दिनको लागि देशभरका लायन्स क्लबहरुले अपतत्व लिन र सञ्चालनमा पनि हातेमालो गर्न सुझाव दिए । उनले लायन्स ईन्टरनेशनलबाट पनि अस्पतालको उपकरणहरुको लागि ग्राण्टको लागि पहल गरिने प्रतिवद्वता जनाए ।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै पिडिजि राजकुमार सिन्धीले आफ्नो कार्यकालमा सुरु गरको वेलफेयर सेन्टरले अहिले मुर्तरुप पाएकोमा खुशी लागेको बताउंदै निर्माणाधिन अस्पतालका परिकल्पनाकार सुदर्शन अधिकरीको योगदानको कदर गर्दै आफुले पनि अस्पताल निर्माणमा ५ लाख सहयोग गर्ने घोषणा गर्ने बताए ।

लायन्स क्लबका पुर्वडिष्ट्रिक गर्भनर शम्भु नकर्मीले निर्माणाधिन अस्पतालको सिघ्र निर्माण र सञ्चालनको लागि हेटौंडामा रहेका लायन्स क्लबहरुले पनि हातेमालो गर्न आग्रह गरेका थिए । यसैगरी निर्वमान गर्भनर तासीडोल्मा तुम्बाहाम्फेले आफ्नो कार्यकालमा पनि अस्पतालको प्रश्ताव ईन्टरनेशनलमा पठाएकोमा प्राबिधिक कारणले पास हुन नसकेकोले आगामी बर्षमा पुनः ईन्टरनेशनल ग्राण्डको लागि प्रश्ताव पेश गर्न सुझाव दिईन् ।

लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष रामकृष्ण चौलगाईको अध्यक्षातमा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष बिके महर्जनले लायन्स क्लबको ईतिहास र लायन्स ऋतम्भरा बैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा सञ्चालनमा आउन लागेको पुनर्नावा अस्पतालको निर्माण योजना, सञ्चालन बिधि र आगामी योजनाहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya