तेस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता हुँदै

हेटौँडा, पश्चिम मकवानपुरमा सक्रिय संस्था चैनपुर जेसीज मनहरीको आयोजनामा तेस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। जेसीजले यही असोज २३ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

ADVERTISEMENT

जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारीलाई तीव्र पारिएको छ। उनका अनुसार विजेताले नगद १ लाख १ हजार १११, उपविजेताले नगद ५१ हजार १५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले असोज २१ गतेसम्म दर्ता गराउनुपर्नेछ। टिम दर्ता शुल्क ७ हजार ५०० रुपैयाँ तोकिएको छ। अध्यक्ष ढकालले भने, ‘चैनपुर जेसीज मनहरीले स्थापनाकालदेखि नै जेसीज कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। फुटबल खेलको विकास र युवाबीच भ्रातृत्वको सम्बन्ध विस्तार गर्न प्रतियोगितालाई निरन्तरता दिइएको हो।’
यसअघि दोस्रो संस्करणको उपाधि मकवानपुरगढी जेसीआईले जितेको थियो भने पहिलो संस्करणमा बागमती प्रदेश प्रहरी गण हेटौँडा विजेता बनेको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya