असोज ५ गते थाहा नगरका विद्यालयमा शोक बिदा

हेटौँडा, थाहा नगरपालिकाअन्तर्गतका सबै विद्यालयहरु असोज ५ गते आइतबार बन्द हुने भएका छन्।

ADVERTISEMENT

नगरपालिका–५ स्थित दुर्गादेवी माध्यमिक विद्यालयका तृतीय श्रेणी शिक्षक किसनसिंह विष्टको निधनप्रति नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो।

विष्टको असोज ३ गते अन्नपूर्ण न्युरो अस्पताल, काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले दिवंगत शिक्षक विष्टको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *