हेटौँडा, हास्यब्यङ्ग्यकार स्वर्गीय भैरव अर्यालको ९० औँ जन्मजयन्तीका अवसरमा उनको प्रतिमामा माल्यार्पण गरिएको छ । आइतबार हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको अर्यालको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष हास्यव्यङ्ग्य साहित्यकार राजकुमार लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका लामिछानेले हास्यव्यङ्ग्यकार भैरव अर्याल सरल भाषामा व्यङ्ग्य प्रस्तुत गर्ने विशेष प्रतिभा रहेको स्मरण गराएका थिए।
सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष तथा साहित्य सङ्गम मकवानपुरका सल्लाहकार निमेष निखिलले भैरव अर्यालको जीवन र योगदानको बारेमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा चिरञ्जीवी लामिछाने र लक्ष्मी कँडेलले रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौला, पूर्वअध्यक्ष सुवास खनाललगायतको आतिथ्य रहेको थियो ।
ADVERTISEMENT