विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेटौंडा- १६ मा रहेका बिपि आधारभत विद्यालयका ८३ जना बालबालिकाहरूका लागि स्टेशनरी सामाग्री वितरण गरिएको छ । हरितालिका तिजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला महिला विभागको आयोजनामा हेटौंडा– १६ शक्तिखोलामा रहेको बिपि आधारभूत विद्यालयका ८३ जना बालबालिकाहरूका लागि स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

ADVERTISEMENT

जिल्ला महिला विभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष प्रतिमा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा ।नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समिति सदस्य लक्ष्मी गजुरेलको प्रमख आतिथ्यता रहेको थियो थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला अध्यक्ष ।श्रीराम दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला सचिव मुकुन्द न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला सहकोषाध्यक्ष भावना सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला अध्यक्ष श्रीराम दाहालले यस्तो सिर्जनशील कार्यक्रमसमेत सङ्गठनले गर्दै आएको र आगामी दिनमा पनि विद्यालय शैक्षिक विकासमा सङ्गठन निरन्तर लाग्ने कुरा बताएका थिए । तिजको उपलक्ष्यमा जिल्लाका दुर्गम विद्यालयहरुमा शैक्षिक सामग्री वितरण एकै साथ गरिएको जिल्ला प्रचार विभाग प्रमुख डीबी बर्तौलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *