एसईई अङ्ग्रेजी विषय परीक्षामा ११७ जना अनुपस्थित

हेटौंडा, माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा विहीबारबाट शुरू भएको छ । विहीबार भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषय परीक्षामा मकवानपुर जिल्लाबाट ११७ जना अनुपस्थित भएका छन् ।

ADVERTISEMENT

एसईई परीक्षाको लागि जिल्लाबाट ६ हजार १ सय ३३ जनाले फर्म भरेकोमा अङ्ग्रेजी विषय परीक्षामा ६ हजार १६ जना परीक्षार्थीले परीक्षा दिईएका छन् । मकवानपुर जिल्लामा २६ परीक्षा केन्द्र कायम भएकोमा सबैभन्दा बढी राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका शाखा अधिकृत उन्नती ढकालले जानकारी दिइन् ।

गत वर्ष मकवानपुर जिल्लामा २५ परीक्षा केन्द्र रहेकोमा यस वर्ष राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयलाई नयाँ परीक्षा केन्द्र थप गरिएको हो । प्रजा जागृति परीक्षा केन्द्रमा २१ छात्रा र ११ छात्र गरी ३२ जना अङ्ग्रेजी विषयको परीक्षामा अनुपस्थित भएका छन् । यसैगरी जनता माविमा ३ जना, बुद्ध मावि हात्तिसुडे केन्द्र ९ जना, महेन्द्र मावि छतिवनमा १ जना, जनप्रिय माविमा ३ जना, जनकल्याण माविमा ६ जना, मत्स्यनारायण माविमा ३ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

ADVERTISEMENT

यसैगरी राष्ट्रिय रोटरी माविमा ६, महेन्द्रकिरण मावि ज्यामिरे ४ जना, महेन्द्रकिरण मावि बसामाडी केन्द्रमा ५ जना, निर्मल माविमा १ जना, वंशगोपाल माविमा १ जना, बालज्योति मावि पिप्लेमा ११ जना, भुटनदेवी माविमा ९ जना, सिद्धार्थ माविमा४ जना, जीएस निकेतनमा ११ जना, सोलिड्यारिटी इन्टरनेशनल विद्यालयमा २ जना, प्रगति माविमा ३ जना र अमर मावि ३ जना विद्यार्थी अङ्ग्रेजी विषयमा अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरको हाजिरीमा उल्लेख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *