हेटौँडा उपमहानगरपालिकाद्वारा प्लास्टिकका फूलमा प्रतिबन्ध

हेटौँडा, हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकका फूलको बिक्री, वितरण, उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय तथा प्राकृतिक फूल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

ADVERTISEMENT

सूचनामा प्राकृतिक फूलमालाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लास्टिकका फूलमाला बिक्री, वितरण वा प्रयोग गर्ने व्यक्तिलाई नियमनको दायरामा ल्याइने चेतावनी दिएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने, ‘प्लास्टिकका फूलले वातावरणमा क्षति पुर्‍याउने, माटोमा नकुहिने र नगरको सौन्दर्यमा समेत नकारात्मक असर पार्ने भएकाले सबैलाई स्वदेशी फूलको मात्र प्रयोग गर्न अनुरोध गर्दछौं।’

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *