तुल्सी मेहरको वार्षिक उत्सवमा विद्यार्थी, शिक्षक र कर्मचारी सम्मानित

हेटौंडा, हेटौंडा–१० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला विहीबार हेटौंडामा भएको छ । विद्यालयले आयोजना गरेको वार्षिक उत्सवमा विद्यार्थी, कर्मचारी तथा शिक्षकलाई सम्मान गरेको छ ।

ADVERTISEMENT

वि.सं. २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अरविन्द कुशवाह, होस्टल कर्मचारी दिपा थापा मगर, पूर्व प्राथमिक तहका संयोजक सुनिता थापा, प्राथमिक तहका संयोजक पुष्पा काफ्ले र माध्यमिक तह कम्प्यूटर शिक्षक सुरेन्द्र गौतमलाई सम्मान गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उनीहरुलाई प्रमाणपत्रले सम्मान गरेको हो । कार्यक्रममा पत्रकार राजेश गरिबलाई पनि सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेशका मुख्यमन्त्री लामाले शिक्षा नै विकासको मेरुदण्ड भएको दावी गरे । निजी क्षेत्रका विद्यालयहरुले सामुदायिक विद्यालयहरुलाई ठुलो चुनौती थपेको उनले बताए ।

प्रदेश सरकारको एकल अधिकार अन्तर्गत रहेर विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारेको उनको भनाइ रहेको थियो । विद्यार्थीहरूको सहभागितामा भएको कार्यक्रम भएको हो । विद्यार्थीहरूले साङ्गीतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्काउटका विद्यार्थीहरूले मार्चपास गरी अतिथिलाई स्वागत गरेका थिए । विद्यालयका प्रिन्सीपल रघुनाथ खरालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल, १० नम्वर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायतको आतिथ्यता रहेको थियो । तुल्सी मेहर माध्यमिक विद्यालयका हाल १ हजार १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *