चुरियामाई सुरुङकाे संरक्षण तथा व्यवस्थापनकाे जिम्मेवारी हस्तान्तरण

हेटौंडा, दक्षिण एसियाकै पहिलो ऐतिहासिक  सुरुङकाे जिम्मेवारी चुरियामाई सुरुङ संरक्षण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको  छ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाले चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई बुधवार जिम्मेवारी दिएकाे हाे ।

 सम्झाैता पत्रमा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा समितिका अध्यक्ष प्रेम बहादुर भोम्जनले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

सम्झाैता पत्र अनुसार सुरुङको संरक्षण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सहित सुरुङको नियमित रेखदेख, संरक्षण, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधारको सञ्चालन समितिले गर्नेछ। 

सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले तोकेको शुल्क संकलन गर्न सकिने व्यवस्था छ। संकलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमै खर्च गर्नुपर्ने उल्लेख छ।

ADVERTISEMENT

सम्झौतामा सुरुङको मूल संरचनामा कुनै परिवर्तन नगर्ने, ऐतिहासिक स्वरूप जोगाउने तथा वार्षिक प्रगति विवरण र आय–व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन र समन्वय गर्ने उल्लेख छ।

वि.सं. १९७४ (सन् १९१७) मा निर्माण भएको चुरियामाई सुरुङ तत्कालीन हेटौंडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत बनेको थियो। दक्षिण एसियाकै पहिलो सुरुङका रूपमा परिचित यो ऐतिहासिक सम्पदा अहिले मकवानपुरको महत्वपूर्ण पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा चिनिन्छ ।

ADVERTISEMENT

सुरुङ तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको शासनकालमा वि.सं. १९७२ (सन् १९१५) मा निर्माण सुरु भई वि.सं. १९७४ (सन् १९१७) मा सम्पन्न भएको बताईन्छ  ।

करिब दुई वर्ष लगाएर निर्माण गरिएको सुरुङ ९० मिटर लामाे रहेकाे छ । हेटौंडा–अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण भएको थियो । मार्गले नेपालमा आधुनिक रेल यातायातको सुरुआती इतिहासलाई स्थापित गरेको थियो ।

सुरुङ निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजंग थापाकाे नेतृत्वमा भएकाे थियाे । सुरुङ करिब ५०० फिट (झण्डै १५२ मिटर) लामो, करिब ४दश्मलब ५ मिटर चौडा र करिब ६ मिटर उचाइ रहेकाे बताइन्छ ।

लामाे समय बन्द रहेकाे सुरुङकाे मर्मत बागमती प्रदेश सरकारले गरेर हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya