मकवानपुरको मनहरीमा बस दुर्घटना: २२ जना घाइते

हेटौंडा, पूर्व–पश्चिम राजमार्ग खण्डम अन्तर्गत पर्ने मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित यात्रुबाहक बस दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका निम्ति चितवनतर्फ लगिएको छ ।

आइतबार बिहान करिब ७ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको विद्युत्‌को पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा गएको ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्यदेखि मध्यम घाइते भएका छन् ।

Advertisement 3

घाइते सबैलाई उद्धार गरी उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । बस दुर्घटनास्थलमै रहेको छ भने राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको जनाइएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिममा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *