जेनिथ इन्टरनेशनलको १४ औँ अभिभावक भेला

हेटौंडा, हेटौंडा ५ मा रहेको जेनिथ इन्टरनेशनल सेकेण्डरी स्कूलको १४ औं अभिभावक भेला शनिबार हेटौंडामा भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले सरकारले शिक्षा प्रणालीमा परिवर्तन नगर्दा देशमा शैक्षिक वेरोजगारहरु उत्पादन भइरहेको बताए ।

ADVERTISEMENT

‘हाम्रो शिक्षा नीति नै फेल खाँदैछ । समय अनुसार हाम्रो शिक्षा नीति परिवर्तन हुनुपर्ने हो । तर, हाम्रो देशमा उही पुरानै शैलीको शिक्षा नीति कायम रहेको छ । जसले गर्दा शिक्षा प्रणालीमा परिवर्तन आवश्यक छ । शिक्षा प्रणाली परिवर्तन नहुँदा देशमा शैक्षिक बरोजगार उत्पादन भइरहेको छ ।’ उनले भने, ‘शिक्षा नीतिका कारण पाठ्यक्रम पनि परिवर्तन हुन सकेको छैन । पुरानै पाठ्यक्रममा आधारित भएर विद्यालयहरुले अध्यापन गराउँदा उत्पदन र व्यवहारीक शिक्षा प्रति हाम्रो शिक्षाले काम गर्न सकेको छैन । प्रयोगात्मक शिक्षाण शिकाई लागू गरी व्यवहारीक शिक्षामा जोड दिनुपर्छ ।’

विगत २० वर्षदेखि संचालनमा रहेको उक्त विद्यालयले प्ले ग्रुपदेखिका स्नातकसम्म अध्यापन गराउँदै आएको छ । सो विद्यालयमा नर्सरीदेखि स्नताकसम्म करिव १ हजार २०० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्राध्यापक कार्कीले बताए । कार्यक्रममा विद्यालयले उत्कृष्ट शिक्षक कर्मचारी र विद्यार्थी एवम् अभिभावकहलाई सम्मान्न एवम् पुरस्कृत समेत गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *