हेटौंडा, /लौरो चुनाव चिन्ह लिएर मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभामा उम्मेद्वारी दिएका दिपेन्द्रचन्द ठकुरीले पूर्वी मकवानपुर सहित समग्र मकवानपुरवासीको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताए । उनले व्यवस्थाहरु परिर्वतन भएपनि जनताको अवस्था सधैं उस्तै रहेकाले अब जनताको अवस्था सुधार गर्ने गरि काम गर्ने बताए ।
पूर्वी बकैया र बागमती विकासको सूचकहरुमा धेरै पछाडि रहेकाले आम मतदाताको साथ पाए उनीहरुको जिवन स्तर सुधार गर्ने प्रतिवद्धता जनाए । यस्तै मकवानपुर क्षेत्र नम्बर–१ को (क) बाट प्रदेश सभा उम्मेद्वारी दिएका किशोर रानाले बकैया, बागमतीमा कृषि पेशमा निर्भर धेरै रहेकाले यहाँको स्थानीयलाई कृषि कर्मका लागि बेलैमा मल, बिउ, सिचाई र कृषि उत्पादन तथा बजारीकरणका लागि सक्दो पहल गर्ने बताए ।
लौरो चुनाव चिन्ह लिएर मतदाता माझ पुगेका उम्मेद्वारहरुलाई जनताले साथ दिने बाचा गरेका थिए । कार्यकर्ताको झुण्ड नलिई घर–घर पुगेका लौरो अभियानकर्मीहरुलाई स्थानीय जनताले स्वागत मात्रै गरेनन्, ठुला दलका नेताहरुलाई पटक पटक जिताएर पठाएपनि चुनाव सकिए पश्चात कहिल्यै गाउँ नर्फकेकोमा आक्रोश पनि व्यक्त गरेका थिए । त्यस्तै मकवानपुर क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा उम्मेद्वार किशोर अर्यालले हेटौंडा ४ र मेनरोड क्षेत्रमा घरदैलो अभियान गरेका छन् ।
उनले मतदाताको घरघरमा पुगेर लौरो अभियानबारे मतदातालाई आफ्ना कुरा राख्दै मतदाताको सुझावलाई समेट्दै हिडेका हुन् । उनले शिक्षालाई रोजगारी संग जोड्दै हेटौंडावासीको जिवनस्तर उकास्न पहल गर्ने प्रतिवद्धता जनाए । मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) दिपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दिएर चुनावी अभियानलाई अहिले तिब्रता दिएका छन भने मकवानपुर क्षेत्र नम्बर– १ को (क) बाट प्रदेश सभामा किशोर राना र (ख) बाट किशोर अर्यालले उम्मेदवारी दिएर जनताको घर घरमा पुगी आफ्नो पक्षमा मत मागिरहेका छन् ।







