हेटौँडा ४ नं. वडाको पहिलो प्राथमिकता शिक्षा : वडाध्यक्ष सिग्देल

हेटौँडा, विकासको लागि शिक्षा नै पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएको छ । शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा-४ को बैठकमा अध्यक्ष सिग्देलले वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनु भयो । हेटौँडा ४ नं. वडा बाग्मति प्रदेशको राजधानीको शैक्षिक केन्द्र भएकोले शिक्षालाई पहिलो प्राथमिकता दिईएको उहाँको भनाई रहेको छ ।

ADVERTISEMENT

समितिको बैठकले हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयद्वारा विनियोजित शैक्षिक कार्यक्रम कार्यान्वयनबारे ६ महिने (मंसिर -बैशाख) कार्ययोजना बनाएको छ । वडा कार्यालयमा सम्पन्न बैठकले शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, बृहत् शैक्षिक तथा साँस्कृतिक मेला, वडास्तरी बृहद खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षक तथा विध्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, विध्यार्थी उध्यमशिलता कार्यक्रम, विध्यालयमा विनियोजित पूर्वाधार निर्माण कार्य अगाडि बढाउन विभिन्न निर्णयहरू गरेको छ ।

बैठक हेटौँडा ४ नं. वडाभित्र रहेका सामुदायिक विध्यालयहरू भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि, संस्थागत विध्यालयहरू नवोदय ई। बोर्डिङ्ग स्कुल, ब्रम्हदीक एकेडेमी, सत्यम् जेभियर्स, आमसाई ई। बोडिङ्ग स्कुल, रोज एकेडेमीका प्रिन्सिपल तथा प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा बसेको बैठकले भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहालको अनिवार्य अवकाशपछि रिक्त रहेको कोषाध्यक्ष पदमा भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई मनोनित गरिएको समितिका सचिव रामसागर गुरागाईँले जानकारी दिनुभयो । वडा सदस्य गीता त्रिपाठीको विशेष उपस्थिति रहेको बैठकले दाहालले समितिमा पुर्याउनु भएको योगदानलाई आभार व्यक्त गर्दै भुटनदेवी माविका निमित्ति प्रअ सूर्यप्रसाद घिमीरेलाई बधाई ज्ञापन गरेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *