जफत गरिएको गुट्खाजन्य पदार्थ मनहरीले गर्यो नष्ट

मनहरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नियन्त्रणका लागि नगर प्रहरी नियुक्त गरी अनुगमनमा तिव्रता दिएको छ ।

ADVERTISEMENT

पहिलो चरणमा व्यापारीलाई सम्झाउने/बुझाउने गरेको गाउँपालिकाले हाल गुट्खाजन्य पदार्थ जफत गरी नष्ट गर्न थालेको छ । बुधबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती , प्रहरी प्रशासन , सञ्चारकर्मी लगायतको उपस्थितिमा गाउँपालिकाले जफत गरेको गुट्खाजन्य पदार्थ नष्ट गरेको छ ।

मनहरी ३ लामिटार स्थित राप्ती खोला किनारमा उक्त पदार्थ नष्ट गरिएको हो । गुट्खाजन्य पदार्थ अन्तरगत ४ सय ३६ थान भोला, १ सय १० थान पुकार, १७ थान राजनिवास, १४ थान रजनिगन्धा, ३ सय ८७ थान बाबा सुपारी नष्ट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya