मकवानपुरगढी जेसीजले जेसीज कप फुट्सल गर्ने

हेटौंडा, मकवानपुरमा रहेको मकवानपुरगढी जेसीज (प्रस्तावित)ले अन्तर जेसीज फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही भदौ १५ र १६ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी करिब पूरा भएको आयोजकले जानकारी दिएको छ । नेपालका २४ वटा जेसीज शाखाहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

ADVERTISEMENT

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टिमले नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले जानकारी दिए । मकवानपुरगढीमा रहेको फुट्सल सेन्टरमा हुने प्रतियोगिताको लागि करिब ९ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । ‘जेसीज शाखाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै खेलको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले जेसीआई मकवानपुरगढी फुट्सल प्रतियोगिता आयोजना गर्न लागेका हौं’, अध्यक्ष पुडासैनीले भने, ‘यस प्रतियोगितामा नेपाल जेसीज अन्तर्गतका २४ वटा शाखाको सहभागिता रहेको छ ।

शाखाले नेपाल जेसीजमा नाम पठाएका सदस्यहरुले मात्रै प्रतियोगितामा खेल्न पाउनेछन् ।’ आयोजक मकवानपुरगढी जेसीज सहित स्थानीय तह तथा विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक विजय पुडासैनीले बताए । प्रतियोगिताको सहसंयोजक सुवास अधिकारी रहेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *