हेटौंडामा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु

हेटौंडा, फुटबल खेलको लागि प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ हेटौंडामा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १२ गतेदेखि १५ गतेसम्म हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा कोचिङ्ग कोर्ष सञ्चालन हुनेछ ।

ADVERTISEMENT

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । एन्फाका ए लाइन्से कोच चेतनारायण श्रेष्ठ र स्थानीय कोच विजयलाल श्रेष्ठले सहजिकरण गर्ने छन् ।

‘मकवानपुरमा फुटबलको प्रशिक्षक कम भएकोले गर्दा कार्यक्रम आयोजना गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए । मकवानपुरमा विभिन्न फुटबल प्रतियोगिता आयोजना हुने गरेको र पछिल्लो समय मकवानपुरका विभिन्न विद्यालयहरुमा फुटबल खेल सिकाउनको लागि प्रशिक्षक राख्नु पर्ने भएकोले गर्दा यो तालिमले जिल्लाको फुटबलको क्षेत्रमा थप सुधार गर्न सक्ने अपेक्षा लिएको उनको भनाइ रहेको थियो ।

ADVERTISEMENT

तालिममा चितवनका ३ जना, रौटहटका २ जना, कञ्चनपुरका १ जना र मकवानपुरका २९ जना गरी ३५ जनाको सहभागिता रहेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । उक्त तालिम पश्चात प्रशिक्षणमा सहभागिहरुले ‘डि’ वर्गको लाइन्सेको मान्यता पाउनेछन । ‘डि’ वर्गको लाइन्सेन्स प्राप्त गरेको एक वर्ष पछि ‘सि’ वर्गको लाइन्सेस लिन पाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *