बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा लेखराज पोखरेल

हेटौंडा, बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा लेखराज पोखरेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको परिसंघको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ समिति निर्माण भएको हो । परिसंघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने र सूर्यप्रसाद न्यौपाने चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी सदस्यमा बद्रिनाथ शर्मा, सुयशराज पराजुली, श्रीहरि मास्के, धिरजकुमार कार्की क्षेत्री, शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, सृजन कोइराला, राजेन्द्र रिजाल, महेन्द्र बहादुर बानियाँ, दिवश चौलागाई र सुदर्शन अधिकारी रहेका छन् ।
परिसंघको पदेन सदस्यमा सिन्धुलीका बलराम अधिकारी, नुवाकोटका राजाराम अधिकारी, महलिा उद्यमी मञ्चकी चन्दना कोइराला र युवा उद्यमी मञ्चका अमर घिमिरे रहेका छन् ।

यसैगरी बागमती प्रदेश महिला उद्यमी मञ्चको संयोजकमा चन्दना कोइराला चयन भएकी छिन् भने सदस्यमा सृजना सोती, कविता श्रेष्ठ, सबिना सडौला र सीता धिताल अधिकारी रहेका छन् । बागमती प्रदेश युवा उद्यमी मञ्चको संयोजकमा अमर घिमिरे चयन भएका छन् । सदस्यमा सुरेन्द्र कार्की, रविन पोखरेल, सरोज अधिकारी, विजय अधिकारी, दिनेश डंगोल, अनिष पौडेल र आश्विन गोले चयन भएका छन् ।

ADVERTISEMENT

परिसंघका अध्यक्ष भेषराज दवाडिको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya