मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा

हेटौंडा, मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को तयारी पूरा भएको छ । हेटौंडा, खेलकुद विकास समिति मनहरीको आयोजनामा मंसिर ३० गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा गाउँपालिकाका नौवटा वडाको सहभागिता रहनेछ । नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेताले ५० हजार रुपैया“ प्राप्त गर्ने आयोजक समिति संयोजक विरु लामाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद दशहजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५/५ हजार रुपैया“ प्राप्त गर्ने समिति सदस्य कविन दर्लामी । प्रतियोगिताको उद्घाटन समारोहमा मनहरी गाउँपालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश भएका दुईजना फुटबलरलाई सम्मानित गरिनेछ ।

प्रतियोगितामा करिब आठलाख ५० हजार रुपैया“ हुने अनुमान गरिएको छ । गाउ“पालिकाले प्रतियोगिताका लागि ७ लाख रुपैया“ विनियोजन गरेको छ । पत्रकार सम्मेलनमा पालिका अध्यक्ष रञ्जन कालाखेतीले खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वर्षेनी प्रतियोगिता सञ्चालन गरिने बताए । उनले विभिन्न खेलहरुमा योजनाबद्ध तवरबाट पालिकाले लगानी गरिरहेको र क्रमशः त्यसबाट नतीजा निस्कन थालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya