बकैयालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने

हेटौंडा, कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ । पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ । बकैया गाउँपालिकाले वडा नं. ११ स्थित आहालेमा आइतबार आयोजित कार्यक्रममा पालिकाको वडा नं. १०, ११ र १२ किसानलाई १३३ वटा मौरीको घार वितरण गरेको हो ।

ADVERTISEMENT

गाउँपालिकाले यसअघि वडा नंं। ११ र १२ का किसानलाई लक्षित गरी एक हप्ते मौरीपालन सम्बन्धी तालिम दिएर मौरी घार वितरण गरेको हो । पालिकाले सेरेना जातको मौरीपालनको लागि ६ लाख ६५ हजार रुपियाँ बराबरको मौरी घार वितरण गरेको छ । मौरी घार किसानलाई वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको कृषि ग्राम निर्माणलगायतका कृषि क्षेत्रमा बकैया गाउँपालिकाले गरेको लगानीको प्रसंशा गरे ।

उनले रोजगारी देश विकासको आधार भएको बताउँदै रोजगारीका लागि उद्यमशीलता आवश्यक भएको जोड दिए ।
मन्त्री चित्रकारले सडक, विजुली, विद्यालयको भवनमा निर्माणलगायत भौतिक पूर्वाधार विकाससँगै दैनिकी चलाउन आर्थिक श्रोत आवश्यक पर्ने र त्यो उद्यमशीलता र रोजगारीबाट प्राप्त हुने भएकोले यो कसरी प्राप्त गर्न सकिन्छ भनेर अघि बढ्नु आवश्यक रहेको बताए ।

लगानी भएपछि त्यसको उपलब्धि हुने गरी विकासको कार्य गर्न आवश्यक रहेको उनको भनाई थियो । देशको विकासमा भौतिक पूर्वाधार आवश्यक छ मन्त्री चित्रकारले भन्नुभयो, आयआर्जनका लागि उद्यमशीलता, व्यवसायीकरण पनि आवश्यक भएकोले कृषिलाई उद्योगका रुपमा विकास गर्नु आवश्यक छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछानेले कृषिमा आधुनिकीकरणसँगै व्यावसायीकरण आवश्यक भएको बताउँदै कृषि उत्पादनलाई बजारसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।

प्रदेश सभा सदस्य लामिछानेले प्रदेश सरकारले कृषि उद्यमशीलतालाई जोड दिएको बताउँदै स्थानीय तहलाई बजेट उपलब्ध गराउने र स्थानीय तहले पकेट क्षेत्र बनाएर उत्पादनमा जोड दिनुपर्नेमा जोड दिने। कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको अध्ययनले देखाएको बताउँदै किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरी घार उपलब्ध गराएको बताए । उनले पालिकाका किसानले उत्पादन गर्ने कृषिजन्य उत्पादनको बजारीकरणका लागि पालिकाले सहजीकरण गर्ने बताए।

Advertisement 5

कृषकलाई प्रोत्साहित गर्न मौरीको घार वितरण गरेको जानकारी गराउँदै पालिका अध्यक्ष लामिछानेले भने, “तपाईहरु उत्पादन गर्नुहोस् म तपाईहरुले उत्पादन गरेको मह बजारीकरणको लागि व्यवसायीसँग समन्वय र सहकार्य गर्छु, उत्पादन भएको महका लागि बजारको समस्या हुँदैन ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि ईन्जिनियर बुद्धिनाथ तिमिल्सिनाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कार्यक्रमका बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमला कुमारी वाईबा, वडा नं. ११ का वडाध्यक्ष गोपाल न्यासुर लामा, वडा नं.१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाई, गाउँपालिकाका कृषि अधिकृत सचित रिजाललगायत स्थानीय किसानको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *