सातौँ रणबहादुर थापा स्मृति हाजिरीजवाफको उपाधि ब्रह्मदिक एकेडेमीलाई

हेटौँडा, हेटौँडा–७ स्थित तासिर इङ्लिस सेकेन्डरी विद्यालयका संस्थापक राजन थापाका पिता स्वर्गीय रणबहादुर थापाको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित सातौँ रणबहादुर थापा स्मृति अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि ब्रह्मदिक एकेडेमीले जितेको छ ।

ADVERTISEMENT

हेटौँडा उपमहानगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र जीएस निकेतन विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद २० हजार १५५, १५ हजार १५५ र १० हजार १५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । हेटौँडा–७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख अतिथिमा पुरस्कार वितरण गरिएको थियो । छैटौँ संस्करणको प्रतियोगितामा पनि ब्रह्मदिक एकेडेमी प्रथम र तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो भएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक राजन थापा, उनकी आमा निरकुमारी थापा, प्रधानाध्यापक विनोद थपलिया, प्याव्सन मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्की, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । हेटौँडा–७ का पूर्व वडाध्यक्षसमेत रहेका विद्यालयका संस्थापक राजन थापाले आफ्नो बाबुको स्मृतिमा प्रत्येक वर्ष निरन्तर रूपमा प्रतियोगिता आयोजना गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *