घरघर पुगेर मतदाताको आशिर्वाद लिँदै आनन्द


हेटौंडा,मतदाता शिक्षा दिन नसकेकै कारण अघिल्लो स्थानीय तहको निर्वाचनमा थोरै मतले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका कांग्रेस नेता आनन्दराम पराजुली मकवानपुरे जनतामा परिचित नाम हो । मेयरमा पराजित भएको भोलिपल्टैबाट जनताको सुखदुःखको सारथी बनेर हिँडेका उनले यसपटक मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट टिकट पाएका छन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरको १२ वटा वडा पर्ने यस क्षेत्रमा पराजुली घरदैलो तथा चुनावी कार्यक्रममा व्यस्त रहेका छन् । स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरकै टिकट पाउनसक्ने नेताको रुपमा चित्रित गरिएपनि गठबन्धनका कारण नेकपा ९एस० को भागमा परेपछि चित्त बुझाउँदै गठबन्धनलाई जिताउने अभियानमा सक्रिय रहेका थिए । अहिले कांग्रेसले प्रदेशसभा सदस्य पदको टिकट दिएपछि उनीमाथि ‘न्याय’ भएको र ‘जित सुनिश्चित’ रहेको भन्ने मतदाताहरु पनि रहेका छन् । घरदैलोका क्रममा उनले आफूसहित प्रतिनिधिसभा सदस्यको उम्मेदवार कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पनि मत मागिरहेका छन् । साथै नातागोता र आफन्त भए मकवानपुरका अन्य स्थानबाट उठेका गठबन्धनका नेताहरुलाई मतदानको लागि भन्न समेत उनले अनुरोध गरिरहेका छन् । पराजुलीले शुक्रबार हेटौंडा ५ र २ नम्बर वडाको घरघरमा पुगेर मत मागेका छन् ।

‘अघिल्लो पटक हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा चुनाव लडेकोले पनि मलाई यो पटक धेरै सहज भएको छ’, उनी भन्छन्, ‘मतदाताको साथ, सहयोग, सद्भाव र हौसलाले थप उर्जा मिलेको छ । माहौल निकै राम्रो छ, गठबन्धनको जित सुनिश्चित भैसकेको छ ।’ उनलाई अहिले कांग्रेससहित गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा ९एस०, जनमोर्चा लगायतको दलको पनि साथ रहेको छ । उनी गठबन्धन बाहिर रहेका पार्टीका नेता कार्यकर्ताको पनि रोजाई बनिरहेका छन् । ‘म कांग्रेसको कार्यकर्ता हुँ । म निरन्तर पार्टीलाई मजबुत बनाउन र यहाँका जनताको सुखदुःखमा साथै रहेको छु । चुनावी अभियानको क्रममा पनि मतदाताको धेरै साथ र सहयोग पाएको छु’, पराजुली भन्छन्, ‘पटक पटक चुनाव जितेको एमालेका उम्मेदवारहरुले कुनै एजेण्डा नै नभएपछि अनेक अफवाह र भ्रम फैलाइरहेका छन् ।

हामी त्यसलाई चिर्दै अघि बढेका छौं ।’ कांग्रेसकै पनि एउटा समूह तपाईंको विरुद्धमा छ भनिन्छ नि रु भन्ने प्रश्नमा उनले यो सब विरोधीले चलाएको अनावश्यक झुटो हल्ला मात्र भएको बताए । ‘कांग्रेस ठूलो पार्टी हो, यहाँ एकसेएक नेताहरु रहेका छन् । टिकटका लागि मसहित अन्य नेताहरुको पनि दावेदारी थियो । दावेदारी हुनु स्वभाविक पनि हो’, उनले भने, ‘टिकट मेरो नाममा आयो । अहिले सबै नेताहरु मकवानपुरका ६ जनै गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लागेका छौं । एकजनाले मात्रै हार्दा पनि गठबन्धनप्रति विश्वास नहुने, पार्टीमै समस्या आउने हुनसक्छ भन्ने बिषयमा हामी क्लियर छौ ।’ गठबन्धन र कांग्रेसभित्र कुनै समस्या नरहेको प्रष्ट पार्दै उनले कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न अनुरोध गरे ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *