नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

हेटौँडा, नेपालभर जार तथा बोतलका पिउने पानी तथा पानीजन्य वस्तु उत्पादन गर्ने उद्योगीहरूको छाता संगठन नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभा सम्पन्न भएको छ। नेपालको पिउने पानी आपूर्ति तथा व्यवस्थापन क्षेत्रको शीर्ष निकायका रूपमा स्थापित महासंघको वार्षिक साधारण सभाको पहिलो चरण अध्यक्ष बिक्रम लिम्बु चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले उद्घाटन गर्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका पौडेलले स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको मौलिक आवश्यकता भएको उल्लेख गर्दै पानी उद्योगलाई व्यवस्थित, जिम्मेवार र गुणस्तरीय बनाउन सरकार सहकार्यका लागि तयार रहेको बताउनुभयो। उहाँले उद्योगीहरूको लगानी सुरक्षित हुने नीति निर्माण, गुणस्तर मापदण्ड कार्यान्वयन तथा दिगो पानी स्रोत व्यवस्थापनमा प्रदेश सरकारको सकारात्मक भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। महासंघका अध्यक्ष बिक्रम लिम्बु चेम्जोङले महासंघको वार्षिक प्रगति, नीतिगत पहल तथा दिगो पानी व्यवस्थापनका लागि गरिएका रणनीतिक कदमहरू प्रस्तुत गर्नुभयो। उहाँले प्रविधि, नवीनता र आपसी सहकार्यमार्फत देशभर स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच विस्तार गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो।

प्रथम साधारण सभाले अध्यक्ष चेम्जोङको नेतृत्वमा आगामी तीन वर्षका लागि ३५ जना निर्वाचित र ४ जना मनोनित गरी ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सभाबाट वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी, महासचिवमा ध्रुब प्रसाद अधिकारी र उप–महासचिवमा रोसा श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा रविन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रूपचन्द्र नौलाखा, शाहिल शाह, भुवन प्रसाद लोहनी, सबि कार्की, कृष्ण प्रसाद आचार्य र टेकेन्द्र सिंह कुन्जेडा निर्वाचित भएका छन्। कोषाध्यक्षमा देव नारायण चौलागाईं चयन भएका छन्।

सदस्यहरूमा गोकुल बहादुर थापा, जितेन्द्र दाहाल, नारायण गिरी, प्रमोद कुमार शाह, सहदेव बोलखे, सौरभ मारु, पदम बहादुर राउत, चिन्तामणि भुषाल, अविनाश थानी, जीवन घिमिरे, राम सुवाल, अमराज लामा, राम बराल, दिनेश भट्टराई, राजेश खनाल, बिक्रम मण्डल, अनिल आचार्य, कृष्ण कुँवर, टक शारु मगर, शरद प्रसाद रिजाल, विशाल विष्ट र श्रवण थापा निर्वाचित भएका छन्। त्यस्तै विनय श्रेष्ठ, सुदिपमान सिंह बस्नेत र रक्की तामाङ सदस्यमा मनोनित भएका छन् भने एक जना सदस्य मनोनित गर्न बाँकी रहेको महासंघले जनाएको छ।

सभामा महासंघका महासचिव ध्रुब प्रसाद अधिकारीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभाबाट प्राप्त एकता र विश्वासलाई संस्थागत सुदृढीकरणमा केन्द्रित गरिने बताउनुभयो। उहाँले पानी उद्योगसँग सम्बन्धित नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वयलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

Advertisement 5

विशेष अतिथि डा। मतिना बैद्य जोशीले उद्योगीहरूको व्यावसायिकता अभिवृद्धि गर्न विभाग सधैं सहयोगी रहने बताउनुभयो। उहाँले पानी उत्पादनमा लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै गुणस्तर र उपभोक्ता स्वास्थ्यमा कुनै सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभयो। साधारण सभाले महासंघको वित्तीय विवरण तथा आगामी कार्ययोजना सर्वसम्मत रूपमा पारित गर्नुका साथै आवश्यकता अनुसार नयाँ जिम्मेवारी थपघट गर्ने विशेष नीति समेत स्वीकृत गरेको छ। सभामा देशभरका २३ भन्दा बढी जिल्लाबाट पानी उद्योगी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *