‘दरबार एग्रो मार्ट’ हेटौंडामा सञ्चालनमा

हेटौंडा, हेटौंडा–४ मा ‘दरबार एग्रो मार्ट’ सञ्चालनमा आएको छ । पछिल्लो ६ वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर फलफूल खेतीको काम गरिरहेका पदमपोखरीका सुरज थिङले मार्ट सञ्चालनमा ल्याएका हुन् । उक्त मार्टको शनिबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् ।

ADVERTISEMENT

‘आफ्नै गाउँमा उत्पादन भएका फलफूल तथा तरकारीलाई बजारीकरण गरी उत्पादनलाई पनि जोड दिनु भयो र बजार व्यवस्थापन पनि आफैँले गर्नुभएकोमा यो निकै राम्रो काम गर्नु भएको छ ।’–मन्त्री लामाले भनिन् ।

मकवानपुर जिल्ला मात्र नभई यो व्यवसायीले नेपालमा उत्पादन गरेको व्यवसायलाई पनि जोड दिनुपर्ने मन्त्री लामाको भनाइ रहेको थियो । मार्टमा स्थानीय स्तरमै उत्पादन हुने फलफूल, तरकारीहरु, फूल, स्थानीय रैथाने बालीका उत्पादनहरु रहेका छन्।
मार्टमा करिब ५० लाख लगानी गरिएको थिङले बताए ।

ADVERTISEMENT

बाहिरबाट आउने आयतलाई निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै कृषि बजारलाई सहज बनाउने उदेश्यसहित मार्ट सञ्चालनमा ल्याउन लागिएको उनको भनाई थियो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको पनि उपस्थिति रहेको थियो । दरबार मार्टका सञ्चालक थिङले हेटौँडाको पदमपोखरी क्षेत्रमा ड्रागन फ्रुट, मेवा, खरबुजा लगायतका फलफुलको व्यावसायिक खेती गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya