हेटौंडा, प्यान्टम प्रिन्टर तथा फोटोकपी मेसिनको निःशुल्क सर्भिस क्याम्प हेटौंडामा जारी रहेको छ । विहीबारबाट हेटौंडामा शुरू भएको प्रिन्टर सर्भिस क्याम्पको शुक्रबारका दिन ९ वटा प्रिन्टर एक्सचेन्ज हुनुका साथै १४ जना ग्राहकले प्रिन्टर तथा फोटोकपी मेसिनको सेवा लिएको प्यान्टम नेपाल हेटौंडाका लागि आधिकारीक विक्रेता स्टार कम्प्यूटर सिस्टमका सञ्चालक शिव श्रेष्ठले जानकारी दिए ।

प्यान्टम नेपाल हेटौंडाका लागि आधिकारीक विक्रेता स्टार कम्प्यूटर सिस्टमको आयोजना, प्यान्टम नेपाल प्रालि तथा क्यान महासंघ मकवानपुर शाखाको सहकार्यमा सर्भिस क्याम्प सञ्चालन भइरहेको छ । हेटौंडाको बुद्धचोकमा सञ्चालन भएको सर्भिस क्याम्पप्रति ग्राहकवर्गको आकर्षण बढ्दै गइरहेको पाइन्छ ।
निशुल्क सर्भिस क्याम्पमा ग्राहकवर्गले फाइदा उठाउनुका साथै पुरानो भ्यालुएसन गराएर नयाँ प्रिन्टिङ मेशिन पनि खरिद गरिरहेका छन् । क्याम्पको पहिलो दिन दुई जना ग्राहकले प्रिन्टर एक्सचेन्ज गर्नुका साथै ७ जना ग्राकहरुले सेवा लिएका थिए । उनले जानकारी दिए । चैत १० गतेसम्म सञ्चालन हुने क्याम्पमा कुनै पनि कम्पनीको प्रिन्टर निःशुल्क सर्भिस गर्नुका साथै स्पेयर पार्टसमा १५ प्रतिशत तथा नयाँ प्रिन्टर लिँदा २५ प्रतिशत सम्म छुट पाउन सकिने छ ।







