रिद्धिसिद्धिको उपभोक्ता मालामाल अफर सार्वजनिक

हेटौंडा/रिद्धिसिद्धि सिमेन्टले ‘शून्यको कमाल उपभोक्ता मालामाल’ अफर सार्वजनिक गरेको छ । हात खाली नजाने यस उपहार योजना अन्तर्गत हरेक ५० बोरा रिद्धिसिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

कम्पनीका अनुसार कुपनहरुमा ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म उल्लेख गरिएको हुनेछ । शून्य अंक उल्लेखित कुपन प्राप्त गरी आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । ५० भन्दाधेरै संख्यामा शून्य को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न मिल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार यो योजना कार्तिक १५ गते मंगलबारदेखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ । ग्राहकहरूलाई उच्च प्रविधि प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्ने उद्देश्य कम्पनीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *