५ ए साइड शिक्षक फुटबल प्रतियोगिता उपाधीका लागि ब्रम्हदिक र नवोदय भिड्ने

हेटौँडा, हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भएको ४ नम्वर वडास्तरीय ५ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधीका लागि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय र ब्रम्हदिक एकेडेमी भिड्ने भएका छन् । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नवोदय विजयी भएको छ ।

ADVERTISEMENT

भुटनदेवी माध्यमिक विद्यालयलाई ९- १ को गोल अन्तरले पराजित गर्दै नवोदयले विजयी सुरुवात गरेको हो । नवोदयका लागि माधव भुर्तेलले व्यक्तिगत ५ गोल गर्न सफल भए भने किशोर श्रेष्ठले २ गोल, किसन दास र सुनिल मल्लले १- १ गोल गरेका थिए । भुटनदेवीका लागि विजय मसराङ्गीले सान्त्वना गोल गरेका थिए । यसैगरी आज भएको दोस्रो खेलमा ब्रम्हदिक एकेडेमी विजयी भएको छ । श्रमिक विद्यालयसँग २-२ गोलको बराबरी भएपछि ब्रम्हदिकले ट्राइबेकरमा जित हासिल गरेको थियो । ब्रम्हदिकका लागि अनुज कार्की र सुजिता तामाङले गोल गरेका थिए भने श्रमिकका लागि रोहित थिङ्ले दुई गोल गरेका थिए । त्यसैगरी आज भएको तेस्रो खेलमा नवोदय विजयी भएको छ ।

नवोदयले श्रमिक माध्यमिक विद्यालयलाई ७-२ गोल अन्तरले पराजित गरेको प्रतियोगिताका संयोजक अनुज कार्कीले जानकारी दिए । नवोदयका लागि माधव भुर्तेलले ४ गोल, किशोर श्रेष्ठले २ गोल र सुनिल मल्लले १ गोल गरेका थिए । श्रमिकका लागि राहुन अर्याल र राजेश अधिकारीले १- १ गोल गरेका थिए । आज भएको अन्तिम खेलमा ब्रम्हदिक विजयी भएको थियो । भुटनदेवी माविलाई ६- ३ गोल अन्तरले पराजित गर्दै ब्रम्हदिक विजयी भएको हो । ब्रम्हदिकका लागि अनुज कार्कीले ४ गोल र सुनिल नेपालले २ गोल गरेका थिए । भुटनदेवीका लागि विजय मसराङ्गीले ह्याट्रिक गरेका थिए । खेलमा नवोदय र ब्रम्हदिक अपराजित हुँदै फाइनलको यात्रा तय गरेको हो ।

गत वर्ष भएको ४ नम्वर वडास्तरीय प्रतियोगिताको फाइनल खेलमा नवोदय विजेता बन्दा श्रमिक माबि उपविजेतामा सिमित भएको थियो । शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा-४ को समन्वय तथा ब्रम्हदिक विद्यालयको व्यवस्थापनमा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको तेस्रो खेलकुद महोत्सव अन्तर्गत ५ ए साइड फुटबल प्रतियोगिता भएको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *