हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षा र खेलकुदलाई संगै जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष सिग्देलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि शिक्षा मात्र होइन, खेलकुद र अतिरिक्त क्रियाकलाप पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। अतिरिक्त क्रियाकलापमार्फत शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले वडा कार्यालयले विभिन्न खेलकुद तथा सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो।
४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको संयोजन तथा भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा ६ वटा विद्यालय सहभागी छन्। माघ २३ र २४ गते दुई दिनसम्म भुटनदेवी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गसरागाईँ, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष महमद समिम खान, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का संयोजक तथा श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँ, चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जीधराज ढकाल, नगर टनेल विकास समन्वय समितिका महासचिव शिवहरि दाहाल, भुटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमबारे भुटनदेवी माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिनुभएको हो।
ADVERTISEMENT