कृषि र सहकारीको संस्थागत विकासमा बानियाँ

हेटौंडा, नेपालको संविधानमा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत आर्थिक वृद्धि र दीगो आर्थिक विकास गर्ने कुरा उल्लेख छ । संविधानको यही मर्मलाई आत्मसात गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले सहकारी क्षेत्रको संस्थागत विकासमा ध्यान पु¥याएका छन् ।

ADVERTISEMENT

चौतर्फी विकासमा नजर पु¥याउने नेताको रुपमा परिचित नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले आफू प्रदेश एवम् प्रतिनिधिसभा सांसद हुँदा ‘सांसद विकास कोष’ मार्फत साना सहकारीहरुको संरचनाको विकासमा बजेट विनियोजन गरी काम गराएका छन् । जसका कारण साना किसान तथा निम्न आय भएकाहरुलाई आय आर्जनमा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुगेको छ । बानियाँको सांसद विकास कोषबाट विनियोजित बजेटबाट मकवानपुरको मनहरी–९ रजैयामा जनकल्याण कृषि समूहको पक्की भवन निर्माण भएको छ । वडा कार्यालयको दुइ लाख बजेट थप गरी कृषक समूहको साझा भवन बनेपछि रजैयाका कृषकहरु भेला भई कृषि क्षेत्रका समस्याबारे छलफल र सहयोग परिचालनका लागि सहज भएको समूहका अध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए ।

‘भवन निर्माणपछि सार्वजनिक विकास एवम् सामाजिक हितको काममा टेवा पुगेको छ । रजैयाबासीको लागि यो भवन साझा सम्पति बनेको छ । भवनबाट समूहका विभिन्न गतिविधि गर्न र अन्य संघसंस्थाको पनि बैठक भेलाहरु राख्न सहज भएको छ ।’ अध्यक्ष अधिकारीले भने । बानियाँकै सहयोगबाट मनहरी–१ चकरीमा रहेको शान्ति स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाको भवनको तला थपिएको छ । न्यून आय भएकाहरुलाई लक्षित गरी बचत संकलन तथा ऋण प्रवाह गर्दै आएको सहकारीको कार्यालय अपुग भई सेवा प्रवाहमा असहज भएको जानकारी पाएपछि बानियाँले सांसद विकास कोषको १० लाख रुपैयाँ बजेट उपलब्ध गराएका थिए । प्राप्त रकमबाट भवनको तला थपिएको र अब कम्प्युटर प्रणाली जडान गरी थप प्रभावकारी ढंगले सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । ‘सहकारीको संरचना अधुरो थियो । ईन्द्र दाइलाई सहकारीको साधारणसभामा निमन्त्रणा गरेका थियौं । त्यहीँ समस्या जानकारी गरायौं । उहाँले माथिल्लो तला थप गरिदिने बचन दिनुभयो । उहाँले बोलेको पूरा गरिदिनुभयो ।’ अध्यक्ष अधिकारीले भने ।

ADVERTISEMENT

सहकारीमा ४ सय शेयर सदस्य रहेका छन् । हेटौंडा–६ चुच्चेखोलास्थित कामधेनु बहुद्देश्यीय सहकारी संस्था लिमिटेड अहिले सुविधा सम्पन्न भवनमा संचालन हुनुमा पनि नेता ईन्द्रबहादुर बानियाँको योगदान जोडिएको छ । संस्थाको भवन निर्माणका लागि बानियाँले निर्माण सामग्रीका साथै आर्थिक सहयोगसमेत गरेका थिए । भवन निर्माणका लागि ढुंगा, सिमेन्ट, रड लगायतका सामग्री सहयोग गरेका बानियाँले गठबन्धनको सरकार बनेपछि गत वर्ष सामुदायिक सभाहल निर्माण गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरिदिए । बजेटबाट गत आर्थिक वर्षमा सभाहल निर्माण सम्पन्न भएपछि संस्थाको कार्यालय सञ्चालन र सभा, गोष्ठी र सहकारी तालिम संचालनमा सहजता भएको संस्थाका निवर्तमान अध्यक्ष गौरवकुमार पराजुलीले जानकारी दिए । ६ सय शेयर सदस्य रहेको संस्थामा आवद्ध महिलाहरुले आफ्नै भवनमा खादा, व्याग बनाई आयआर्जन गरिरहेका छन् । ‘ईन्द्र दाइले हाम्रो सहकारीलाई व्यक्तिगत र संस्थागत रुपमा ठूलो सहयोग गर्नुभएको छ । उहाँको सहयोगप्रति यस सहकारीका सदस्यहरु आभारी भएका छौं ।’ निवर्तमान अध्यक्ष पराजुलीले बताए ।

छरिएर रहेका पुँजीको परिचालन तथा आय आर्जनमा सहयोग गरिरहेको सहकारीको संरचना निर्माणमा बानियाँबाट महत्वपूर्ण सहयोग भएको भन्दै संस्थाका अध्यक्ष उदय विडारीले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए । बानियाँले अन्य सहकारी संस्थाहरुमा आवद्ध महिलाहरुका लागि पनि निरन्तर सहयोग गर्दै आएका छन् । मकवानपुरको सहकारी अभियानमा निरन्तर सहयोग गर्दै आएका बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार रहेका छन् । उनी यसअघि २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बानियाँ आफू सधैं जनताको सेवामा क्रियाशील रहेकाले जनताले निर्वाचित गराउनेमा आफू विश्वस्त देखिन्छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya