बागमती गाउँपालिकाद्वारा मकवानपुर रिकभरिङ समूहलाई खाद्यान्न सहयोग

हेटौँडा, मकवानपुर जिल्लालाई लागुऔषधमुक्त बनाउने अभियानमा सक्रिय मकवानपुर रिकभरिङ समूहलाई बागमती गाउँपालिकाले खाद्यान्न सहयोग गरेको छ।

ADVERTISEMENT

गाउँपालिकाका अध्यक्ष सर्केस घलानले समूहको परिसरमै पुगेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्। गाउँपालिकाले चामल, दाल, आलु, चिउरा, बेसार, नुन, प्याज, तेल, चिनी, चिया मसला, धनियाँ, जिरा, साबुनलगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ। खाद्यान्न हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष घलानले भने –‘ यसअघि पनि मकवानपुर रिकभरिङ समूहको भ्रमण गरिसकेको छु । समूहको वातावरण सकारात्मक र सुधारोन्मुख रहेको छ।’

‘समूहबाट कुलतमा फसेका व्यक्तिहरू सुधारिएर घर फर्किनु भएको देख्दा निकै खुसी लागेको छ,’ उनले भने। आगामी दिनमा पनि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे। गाउँपालिकाले वार्षिक कार्यक्रममा लागुऔषध न्यूनीकरणसम्बन्धी योजना निर्माण तथा कार्यान्वयन गर्ने उनको भनाइ थियो। वि.सं. २०७० सालमा स्थापना भएको मकवानपुर रिकभरिङ समूहले हालसम्म २ हजार ५ सयभन्दा बढी लागुऔषध प्रयोगकर्तालाई उपचारपछि परिवारमा पुनर्स्थापना गरिसकेको समूहका निर्देशक सन्दिप शाक्यले जानकारी दिए।

हाल समूहमा ६२ जना उपचाररत रहेका छन्। घरपरिवारको सहारा नभएका तथा आर्थिक अवस्था कमजोर भएका प्रयोगकर्ताहरूलाई समूहले निःशुल्क सेवा प्रदान गर्दै आएको शाक्यले बताए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *