बालिकाको बलात्कारपछि हत्या गरेका अभियुक्त २० वर्षपछि पक्राउ

हेटौंडा, हेटौंडामा पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या गरी फरार रहेका अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्।

ADVERTISEMENT

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–११ सिमलटारका सोमबहादुर राई रहेका छन्। उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले शनिबार ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो।

पक्राउ गरेलगत्तै राईलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।

ADVERTISEMENT

२०६० असोज १८ गते बलात्कारपछि हेटौंडा–१० को राप्ती खोलाको पानीमा ढुंगाले च्यापेर हत्या गरेको प्रहरीको दाबी छ।

घटनाको समयमा २५ वर्षीय रहेका अभियुक्त राई अहिले ४५ वर्षका भए।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya