जिल्ला स्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

हेटौँडा, हेटौंडाको टिसिएन चौरमा सञ्चालन भैरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार भएको क्वाटरफाइनल खेलबाट जित निकाल्दै ४ वटा टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

ADVERTISEMENT

क्वाटरफाइनलमा जित निकाल्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लव, बज्रबाराहीको नवप्रतिभा क्लव, मनहरी गाउँपालिका र छहारी युवा क्लव हेटौंडा ११ ले अन्तिम चारमा स्थान बनाएका छन् । मंगलेश्वर क्लवले मिलन युवा क्लवलाई २५–२० र २५–१४ को सोझो सेटमा हराएको छ । दोस्रो खेलमा नवप्रतिभाले बागमती गाउँपालिकालाई २५–१९ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । सोमबारै भएको अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौंडा १५ लाई २५–१२ र २५–२२ को सोझो सेटमा हराएको हो ।

अन्तिम खेलमा छहारी युवा क्लवले पशुपति युवा क्लव हेटौंडा ९ लाई २५–१४ र २५–१८ को सोझो सेटमा पाखा लगाएको हो । फाइनल प्रवेशका लागि मंगलेश्वर र नवप्रतिभा क्लव तथा मनहरी गाउँपालिका र छहारी युवा क्लवको बीचमा खेल हुनेछ । सेमिफाइनल मंगलबार बिहान र फाइनल दिउँसो १ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले एकलाख र उपविजेता टिमले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले समान नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya