न्यू डायमण्डले जित्यो हेटौंडामा राष्ट्रिय महिला भलिबल

हेटौँडा, न्यू डायमण्ड क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी रक्षा गरेको छ । आइतबार हेटौंडा–१० स्थित टीसीएन मैदानमा भएको फाइनलमा काठमाडौंको चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक प्रतियोगिता च्याम्पियन भएको हो । फाइनलमा केशवलाल स्मृति प्रतिष्ठानलाई २५–१३, २५–१५ र २५–२३ को सोझो सेटले पराजित गरेको हो ।

ADVERTISEMENT

समूह ए बाट लिगको २ खेल खेलेको न्यू डाइमण्ड र समूह बी बाट लिगको २ खेल खेलेको केशवलाल विजेता बनेर फाइनल सम्म पुगेको आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन् । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रति थियो । प्रतियोगिताको उपाधि विजेता न्यू डायमण्डले तीन लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केशवलालको टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइनलमा पराजित भएका लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबको टिमले ५० हजार रुपैयाँसहित प्राप्त गरेको हो ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी घोषितहुँदै न्यू डायमण्ड क्लबकी सुनिता क्षेत्रीले १० हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् । उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यू डायमण्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डकी कुमार राई घोषित भएका छन् । उनीहरुले जनही ५÷५ हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरे ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । विजयी, उपविजयी खेलाडी तथा प्रशिक्षकलाई बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मन्त्री मदुसुदन पौडेल र आयोजक समिति अध्यक्ष राजकुमार मोक्तानले पुरस्कार वितराण् गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *