आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

हेटौँडा, थाहा नगरपालिका वडा नम्बर ६, सरस्वती बजारस्थित सुकबहादुर बलामीको टेलर पसलमा साल चैत ८ गते राति भएको आगलागी पिडित लाई आर्थिक सहयोग गरिएको छ। उक्त आगलागीबाट बलामीको पसल पूर्ण रूपमा क्षतिग्रस्त भई उहाँको परिवारमा ठूलो आर्थिक नोक्सानी भएपछि स्थानीय र बजार व्यवस्थापन समितीले सहयोग गरेको हो।

ADVERTISEMENT

सुकबहादुर बलामीको स्वास्थ्य अवस्था समेत कमजोर रहेकाले परिवार झनै समस्यामा परेको स्थानीयले जनाएका छन्।
यस विषम परिस्थितिमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले बज्रबाराही बजार व्यवस्थापन समितिको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो। संकलित रकम ६२ हजार तीन सय पैँसठ्ठी रुपैयाँ पीडित सुकबहादुर बलामीलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ।

मानवीय सहयोगका लागि विभिन्न क्षेत्रबाट जुट्नुभएका सहयोगी दाजुभाइ तथा दिदीबहिनीप्रति समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा समेत यस्ता विपद्का समयमा एकआपसमा सहयोग गर्ने भावनालाई निरन्तरता दिन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *